बाँके र बर्दियामा ४० जनामा कोरोना संक्रमण

जेष्ठ २४, २०७७

रुपा गहतराज

काठमाडौँ — भेरी अस्पतालमा नेपालगन्जमा कोरोना परीक्षण गरिएका ४० जनामा कोरोना पुष्टि भएको छ ।

बाँकेमा १२ जना र बर्दियाका २८ जना गरी शनिबार ४० जनामा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्डेन्ट प्रकाश थापाले बताए । उपमहानगरमा एक जना र खजुरा गाउँपालिका-८ बैजनाथ गाउँपालिकामा ३ जना रहेका छन् ।

दिउँसो १ बजेसम्म गरिएको परीक्षणमा बाँकेका ३ वटा पालिकाका १२ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ संक्रमितहरु नेपालगन्ज उपमहानगरपालिका १ का ४१ वर्षीय महिला, बैजनाथ-गाउँपालिका ६ का ३८ र ३२ वर्षीय पुरुष तथा बैजनाथ गाउँपालिका २ का ३७ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी खजुरा गाउँपालिका ४ का एक महिलासहित ७ जना र खजुरा ५ का २२ वर्षीय पुरुष रहेका छन् ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully