कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

काठमाडौँ — कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमान १०,२०० मत ल्याई विजयी भएका छन् ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार राम दास चौधरीलाई १,५३२ मतान्तरले पराजित गरेका हुन् । पराजित राम दास चौधरीले ८,६६८ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार रिताकुमारी कुर्मी ११,१६७ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भानमति यादवले ७,२०० मत ल्याएका छन् ।

योसँगै कपिलवस्तुका १० वटै स्थानीय तहको नतिजा आइसकेको छ । कपिलवस्तुमा नेपाली कांग्रेस ४ वटा स्थानीय तहमा विजयी भएको छ भने एमाले ३ तहमा विजयी भएको छ । जसपा र लोसपा र राप्रपाले एक/एक स्थानीय तहमा जित हात पारेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७९ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?