२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रौतहटको गढीमाई नगरपालिकाको मेयरमा कांग्रेस विजयी

शिव पुरी

रौतहट — रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार श्यामप्रसाद यादव ८,६३१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार शेख अबुलकलाम आजादलाई ५५८ मतान्तरले पराजित गरेका हुन् । 

रौतहटको गढीमाई नगरपालिकाको मेयरमा कांग्रेस विजयी

पराजित शेख अबुलकलाम आजादले ८,०७३ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा जनता समाजवादी पार्टी, नेपालकी उम्मेदवार स्मिताकुमारी यादव ६,६७१ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार नागेन्‍द्र सिंहले ५,९०२ मत ल्याएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त नगरपालिकाको ९ वटा वडामध्ये काग्रेसले २, ४ र ६ जितेको छ । जसपाले ३, ७ र ८ नम्बर वडा जितेको छ । एकीकृत समाजवादीले १, माओवादीले ९ र लोसपाले ५ नम्बर वडामा अध्यक्ष जितेको छ । रौतहटको १८ पालिकामध्ये १६ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ । फतुवा विजयपुर र गरुडाको मतगणना जारी छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?