कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रौतहटको राजदेवी नगरपालिका मेयर र उपमेयरमा नेकपा समाजवादी विजयी 

शिव पुरी

रौतहट — रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका भिखारी यादब विजयी भएका छन् । यादबले ७ हजार ५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र सिंहले ३ हजार ७०७ मत प्राप्त गरे । सिंह निवर्तमान नगरप्रमुख हुन् । सिंंहलाई यस पटक निर्वाचनमा मत माग्ने क्रममा घरदैलो गर्न जाँदा राजदेवी १ पथरामा स्थानीयले दुव्र्यबहार गरेका थिए । उनको कार्यकाल पनि विवादित बन्यो । 

रौतहटको राजदेवी नगरपालिका मेयर र उपमेयरमा नेकपा समाजवादी विजयी 

उपप्रमुखमा पनि नेकपा एकीकृत समाजवादीकै राजकुमारी देवी विजयी भइन् । राजकुमारीले ५ हजार ८४२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अर्चनाकुमारी यादबले ३ हजार १४९ मत प्राप्त गरिन् । उक्त नगरपालिकाको ९ वडा मध्ये १ र ९ मा कांग्रेस र ७ वटामा समाजवादीका उम्मेदवा वडाध्यक्षमा विजयी भए ।



प्रकाशित : जेष्ठ ४, २०७९ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?