अपिहिमाल- ६ अध्यक्षमा माओवादीका धामी विजयी

वैशाख ३१, २०७९

मनोज बडू

दार्चुला — अपिहिमाल गाउँपालिका- ६ मा गठबन्धनका धनसिंह धामीसहितको प्यानल विजयी भएको छ । धामी तीन सय ६५ मतसहित विजयी भएका हुन् । उनी माओवादी केन्द्रका उम्मेदवार थिए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का गामसिंह धामीले दुई सय ४८ मत ल्याएका थिए । गामसिंह धामी २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

त्यस्तै,  अपिहिमाल गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का भगतसिंह ठेकरे बोहोराले ५ सय ८५ मत ल्याएका छन् । एमालेका धर्मानन्द मन्यालले ३ सय ४४मत ल्याएका छन् । मन्याल २०७४ सालको निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए । 

अपिहिमाल गाउँपालिका १ को अध्यक्षमा पनि गठबन्धनका उम्मेदवार विजयी भएका थिए । अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा गठबन्धनका पोखरसिंह लोथ्यालसहितको प्यानल विजयी भएका थिए ।उनी कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका थिए ।

स्थानीय तह निर्वाचन २०७९

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully