१२ बजेसम्म ३५ प्रतिशत मतदान : निर्वाचन आयोग

दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही ठाउँमा मतदान अवरुद्ध

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तह निर्वाचन २०७९ मा शुक्रबार बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भएको छ ।

मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगले जनाएका छन् । ती ठाउँमा पुन: मतदान सुरु गर्न प्रयास भइरहेको पनि आयोगले जनाएको छ । 


स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully