२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ताप्लेजुङको घुन्सामा मतदान अन्तिम चरणमा

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको फक्ताङलुङ गाउॅपालिका–६, घुन्सामा मतदान कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय एक युवकको मृत्यु भएपछि अन्तिम संस्कारमा सहभागी हुँदा विहान चार घण्टासम्म मतदान केन्द्रमा मतदाताहरू आएका थिएनन् । तर, ११ बजेपछि मतदाताहरू मतदानस्थल पुगेका छन् । अहिले करिब एक घण्टाको अवधिमा ७० जनाले मतदान गरिसकेका छन् ।

ताप्लेजुङको घुन्सामा मतदान अन्तिम चरणमा

घुन्सामा मतदाताको कुल संख्या १६६ मात्रै छ । मतदान अधिकृत गंगाबहादुर इङनामले ११ बजेपछि मतदान सुरु भएको, र अहिलेसम्म ७० जना मतदान गरिसकेको जानकारी दिए ।

‘विहान मतदाता नै आएनन् । तर, ११ बजेपछि फटाफट मतदाता आए, अहिले ७० मत खसिसकेको छ,’ उनले कान्तिपुरसँग भने । उनका अनुसार अहिलेसम्म ३६ पुरुष र ३४ जना महिलाले मतदान गरेका छन् । बाहिर बस्ने मतदाता नआएको र गोठमा गएकाहरु समेत नफर्किएकाले करिब एक सय मत खस्ने अनुमान छ ।

मतदाताको संख्याका आधारमा एक घण्टामै मतदान अन्तिम चरणको पुगेको मतदान अधिकृत इङनामले बताए । घुन्सा पुग्न गाउँपालिकाको केन्द्र तापेथोकदेखि मात्रै पनि डेढ दिन लाग्छ । यहाँको मतपत्र हेलिकप्टरबाट ल्याउने तयारी छ ।

प्रकाशित : वैशाख ३०, २०७९ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?