काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारको प्रचारप्रसारमा हुने खर्चको सुक्ष्म अनुगमन गरी अनुमानित खर्च विवरण पठाउन प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गरेर आयोगले खर्चको अनुमान गरी पठाउन निर्देशन भएको जानकारी गराएका छन् ।
'स्थानीय तहमा निर्वाचन प्रचार प्रसारका सम्बन्धमा भएका आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्म रुपमा अनुगमन गरी वा गर्न लगाई खर्च विवरण अनुमान गर्न सकिने भएमा सो समेत गरी मतदान हुने दिन अर्थात् मिति २०७९ बैशाख ३० भन्दा अगावै गोप्य रुपमा आयोगमा पठाउन मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको छ' आयोगको विज्ञप्तिमा छ।
