माओवादी होइन, एमाले मात्र हाम्रो प्रतिस्पर्धी : पौडेल

वैशाख २२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले कांग्रेसको प्रतिस्पर्धा माओवादी केन्द्र र पुष्पकमल दाहालसँग नभइ एमाले र केपी शर्मा ओलीसँग भएको बताएका छन् । त्यसैले यो कुरा बुझेर अघि बढ्न चिनवनका विद्रोही नेताहरुलाई उनले आग्रह गरे । चितवनमा पाँच दलीय गठबन्धनको सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो आग्रह गरेका हुन् । 

जनताबाट चुनिएका नेताबाटै निर्वाचित नेताबाटै लोकतन्त्र खतरा छ भन्ने कुरा केपी ओलीले पुष्टि गरेको पौडेलले बताए । 

'जगन्नथाजीहरू इमोसन र भावावेशमा आउनु भएको जस्तो लाग्यो । साथीहरु सबैभन्दा पहिले सोच्नुहोस् अहिले नेपालमा जुन राजनीतिक द्वन्द्व  र प्रतिस्पर्धा  छ त्यो माओवादी केन्द्र र प्रचण्ड होइन हाम्रो प्रतिस्पर्धा ओली र एमालेसँग हो,' पौडेलले भने । पछि मिलेर नै सरकार बनाउने हो भने किन अहिले स्थानीय तहमा नमिल्ने भनेर हामी अहिले सँगै हिड्न खोजेको उनले बताए ।

'केपी ओलीले मुलुकमा संसद् विघटन गर्दा २०१७ सालमा संसद् विघटन गरेर बीपीलाई थुनेको सम्झेँ,' पौडेलले भने, 'एमालेले अस्थिरतातर्फ लग्यो त्यसैले यो गठबन्धन आवश्यक छ । गठबन्धन नबनेको भए कृष्णचन्द्र नेपाली कसरी मुख्यमन्त्री बन्न सक्थे ।'

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully