एमालेले सामाजिक सद्भाव बिगार्ने काम गर्दैन  : ओली

‘कैलालीमा भएका हिंसाका घटना दु:खद हुन् । को मारिए के मारिए भन्ने होइन जो मारिए पनि नेपाली मारिए । त्यो राम्रो भएन ।’

वैशाख २२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलालीमा भएका हिंसात्मक घटनाप्रति दु:खी भएको बताएका छन् । कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जो मारिए पनि नेपाली मारिएको भन्दै त्यो राम्रो नभएको बताएका हुन् । 

‘कैलालीमा भएका हिंसाका घटना दु:खद हुन् । को मारिए के मारिए भन्ने होइन जो मारिए पनि नेपाली मारिए । त्यो राम्रो भएन,’ ओलीले भने, ‘परस्पर घृणा फैलाउने काम राम्रो भएन । एउटाले एक प्रकारको र अर्कोले अर्को प्रकारको नारा दिने द्वन्द्व लगाउने काम एमालेले गर्दैन । सामाजिक सद्भाव बिगार्ने काम एमालेले गर्दैन ।’

उनले एमाले सामाजिक सदभाव र राष्ट्रिय एकताका साथ देश विकासको काममा सबै लाग्न पर्छ भन्ने पक्षमा रहेको छ ।  

२०७२ सालमा प्रदेशको सीमाकंनको विषयमा कैलालीको टीकापुरमा फरक समुदायबीच विवाद भएको थियो । जसले २०७२ भदौ ७ गते हिंसात्मक रुपमा लिएको थियो । त्यसमा प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो । त्यसको एक दिनपछि कर्फ्यु जारी भएको समयमा टीकापुर क्षेत्रमा थारु समुदायका ८० वटा घरमा आगजनी गरिएको थियो ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully