चुनावी प्रचारमा भारतीय नम्बरको गाडी

वैशाख २२, २०७९

कमल पन्थी

बर्दिया — स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टी र उम्मेदवारहरूले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । यसबीचमा उम्मेदवारहरूले आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरीसमेत परेको छ । 

बर्दियामा एमालेका उम्मेदवारले चुनावी प्रचारप्रसारमा भारतीय नम्बरको गाडीसमेत प्रयोग गरेका छन् । पछिल्ला केही दिनयता सदरमुकाम गुलरियामा यूपी १४ सीए ८८१३ नम्बरको भारतीय जिप प्रचारप्रसारमा प्रयोग गरिएको छ ।

निर्वाचन आचारसंहिता ०७८ को बु‘दा १३ को ‘ज’ मा चुनावी प्रचारप्रसारमा  विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमतिपत्र नदिइने उल्लेख छ । एमालेका जिल्ला सचिव पदम ढकालले चुनावी प्रचारप्रसारमा भारतीय नम्बर प्लेटको गाडी प्रयोगमा आएको भए राक्ने बताए । 

स्थानीय तह निर्वाचन २०७९

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully