जुम्लामा पालिका प्रमुखमा एक्ली महिला उम्मेदवार

वैशाख १७, २०७९

डीबी बुढा

जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिका–४ की झुनमाया जैसी जुम्लामा पालिका प्रमुखमा उठ्ने एक्ली महिला उम्मेदवार हुन् ।  उनी नेकपा एमालेबाट गुठिचौर गाउँपालिकाबाट अध्यक्ष पदको उम्मेदवार बनेकी छिन् । सत्ता गठबन्धन दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीले प्रमुख पदमा उम्मेदवार उठाएका छैनन् ।  

नेकपा एकीकृत समाजवादीबाट चन्दननाथ नगरपालिका प्रमुखमा २८ वर्षीया जयालक्ष्मी चौलागाईंले उम्मेदवारी दर्ता गरे पनि उनले उम्मेदवारी फिर्ता गरेकी हुन् । 

झुनमाया अहिले बिहान–बेलुकी मतदाताको घरदैलोमा पुग्छिन् । उनका एजेन्डा पनि महिलाकेन्द्रित नै छन् । समाजमा पछि परेका र पछाडि पारिएका न्यून आय भएका महिलाको आर्थिक स्तर उकास्न र बेरोजगार जीवन बिताइरहेका युवायुवतीलाई रोजगारीको सुनिश्चिता गर्न पालिका अध्यक्षको उम्मेदवारी दर्ता गराएको बताइन् । उनले हरेक बेरोजगार युवालाई भत्ताको व्यवस्था गर्ने प्रतिबद्धता जनाइन् । 

गुठिचौरमा कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी र नेकपा एमालेको प्रतिस्पर्धा छ । उनले भनिन्,‘मेरो कडा प्रतिस्पर्धा माओवादी केन्द्रका उम्मेदवारसाग हुनेछ । सकभर चुनाव जितिन्छ भन्ने आशामा छु ।’ 

नेकपा एमालेका जिल्ला सचिव धनकृष्ण पाण्डे पालिका हााक्न सक्ने क्षमता भएकोले महिलालाई गुठिचौर पालिकाको उम्मेदवार बनाएको बताउाछन् ।  उनले भने, ‘जिल्लामा कसैले महिलालाई पत्याएनन् । हामीले महिलालाई प्रमुखको उम्मेदवार बनाएका छौा । यो नेकपा एमालेले महिला नेतृत्वलाई गरेको सम्मान पनि हो ।’ गुठिचौर गाउँपालिकामा एमालेले प्रेमबहादुर बुढालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । 

स्थानीय तह निर्वाचन २०७९

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully