संखुवासभा — गाउँपालिकाको अध्यक्षका लागि पार्टीले पुनःटिकट नदिएपछि संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोखरेलले नेकपा (एमाले) परित्याग गरेको घोषणा गरेका छन् ।
बिहीबार साँझ विज्ञप्ति निकालेर पोखरेलले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । २०७६ को उपनिर्वाचनमा उनी एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । पोखरेल एमाले संखुवासभाका जिल्ला कमिटी सदस्य समेत हुन् ।
उनले मकालु गाउापालिकाबाट पुनः अध्यक्षको उमेदवारीको दाबी गरेका थिए । एमालेले उमेदवार नबनाएपछि रुष्ट बनेका उनले पार्टी परित्याग गरेको बताए । पार्टीका नेताहरूको गुटगत निर्णयले गर्दा आफूले गरेको योगदानको अवमूल्यन भएको उनले दाबी गरे । उनले भने, 'एमालेमा बसेर राजनीतिक जीवन बिताउन असहज भयो । '
एमाले छाडेका पोखरेलले कुन पार्टी जाने भन्ने खुलाएका छैनन् ।
