कञ्चनपुर — स्थानीय तहको निर्वाचनको मनोनयनअन्तर्गत पहिलो दिन कञ्चनपुरमा प्रमुख र उपप्रमुखका लागि २४ जनाले मनोनयन दर्ता गएका छन् । जिल्लाका ९ मध्ये ८ पालिकामा प्रमुख र उपप्रमुखका लागि उम्मेदवारी दर्त्ता भएको हो ।
जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीका अनुसार भीमदत्तमा प्रमुखमा ३ र उपप्रमुखमा १, दोधारा चाँदनीमा प्रमुख र उपप्रमुखमा २/२ जनाको उम्मेदवारी परेको छ ।
वेदकोट नगरपालिकामा प्रमुखमा ३, शुक्लाफाँटामा प्रमुख र उपप्रमुखमा २/२, कृष्णपुरमा प्रमुखमा २ र उपप्रमुखमा १, बेलौरीमा प्रमुखमा २, उपप्रमुखमा १, पुनर्वासनमा प्रमुख र उपप्रमुखमा १/१ तथा बेलडाडीमा प्रमुखमा १ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कार्यालयले नेपाल मजदुर किसान पार्टी र राप्रपाले केही ठाउँमा उम्मेदवारी दिएको बतायो । अधिकांश ठाउँमा स्वतन्त्र उम्मेदवारी परेको जोशीले बताए ।
