सिद्धार्थनगरको मेयर उम्मेदवारमा कांग्रेसबाट अहमदको नाम सिफारिस

वैशाख ६, २०७९

माधव ढुंगाना

भैरहवा — नेपाली कांग्रेसले सिद्धार्थनगर नगरपालिकाको मेयर पदमा इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउने भएको छ । सिद्धार्थनगर नपा–१ बेलहिया निवासी खान तत्कालीन संविधान सभासदस्य समेत हुन् ।

नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिको मंगलबार बिहान सम्पन्न बैठकले उक्त पदमा खानलाई उमेदवार बनाउने निर्णय गर्दै उनको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

कांग्रेस सिद्धार्थनगर समितिका सभापति कोसिस बहादुर खड्काले जनभावना अनुरुप खानलाई मेयर पदको उम्मेदवारमा सिफरिश गरिएको बताए ।

उनका अनुसार समितिले चार चरणको छलफलपछि खानको नाम सिफारिस गरेको हो । उक्त पदमा आकांक्षी रहेका सबैलाई समितिले छलफलमा राखेर जसको नाम सिफारिस भए पनि उनीहरुबीच एकले अर्कोलाई सहयोग गर्ने प्रतिबद्धता भएको खड्काले जनाए ।

स्थानीय तह निर्वाचन २०७९

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully