विवेकशील साझाबाट टोखाको मेयरमा सिटौला उठ्ने

वैशाख ६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — विवेकशील साझा पार्टीले लक्ष्मणराज सिटौलालाई काठमाडौंको टोखा नगरपालिकाको मेयरमा उठाउने भएको छ । पार्टीका केन्द्रीय सदस्य सिटौला नेपाल वायुसेवा निगममा ३३ वर्ष काम गरी २ वर्षअघि मात्रै उपसचिव स्तरबाट २ वर्षअघि राजीनामा दिएका थिए । 

एम.ए., एल.एल.बी. अध्ययन पूरा गरेका सिटौला स्वतन्त्र लेखन, अनुसन्धान, तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा सक्रिय रहेको पार्टीले जनाएको छ ।

सिटौलाको लामो प्रशासनिक दक्षता, सिर्जनात्मक क्षमता एवं राजनीतिक, सामाजिक र आर्थिक सुझबुझलाई राष्ट्रहितमा थप उपयोगबाट वैकल्पिक राजनीतिलाई स्थापित गर्न थप बल पुग्ने विश्वासका साथ विवेकशील साझा पार्टीले उनलाई टोखा नगरपालिकामा मेयरको उम्मेदवारका रुपमा अघि सारेको बताएको छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully