दाङ — कांग्रेसले घोराहीमा मेयर पाउनुपर्ने दाबी गरेको छ । कांग्रेस घोराही नगर कमिटीले मंगलबार पत्रकार सम्मेलन गरी गठबन्धनमा मेयर नपाए अन्य उम्मेदवारलाई जिताउन कठिन हुने जानकारी दिएको छ ।
२०७४ को निर्वाचनको मतपरिणाम र स्थानीय कार्यकर्ताको भावनाविपरीत भागबन्डा गर्न नहुने नगर सभापति तिलक रावतले बताए । २०७४ मा एमालेले मेयर, उपमेयर जितेको थियो भने कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा थिए ।
