कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

गठबन्धनको शक्ति देखेर ओली थरथरी काँपेका छन् : पौडेल 

काठमाडौँ — पाँच दलीय समन्वय समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले सत्तारुढ दलहरूको गठबन्धन व्यवस्था बचाउनका लागि भएको बताएका छन् । उनले सत्तारुढ गठबन्धनको तागत देखेर प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओली हतासको अभिव्यक्ति दिइरहेको पनि बताए । 

गठबन्धनको शक्ति देखेर ओली थरथरी काँपेका छन् : पौडेल 

नेविसंघको स्थापना दिवसलाई मंगलबार सम्बोधन गर्दै पौडेलले मुलुकमा परिवर्तन ल्याउनका लागि आगामी संघीय निर्वाचनसम्मका लागि मिलेर जानुपर्ने बताए । 'यो गठबन्धन सत्ताका लागि होइन, व्यवस्थाका लागि हो । यो गठबन्धन शेरबहादुर देउवालाई प्रधाानमन्त्री बनाउका लागि होइन, यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनका लागि हो,' उनले भने, 'यो गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्, हतास भएका छन् र हतासमा अभिव्यक्ति दिइरहेका छन् ।'

ओलीले जस्ता पनि व्यक्तिहरूलाई गठबन्धनमा हातेमालो गर्न लागिरहेको आरोप लगाउँदै पौडेलले जस्ता शक्तिसँग पनि हातेमालो गर्न राम्रो नभएको बताए ।

गठबन्धनमा रहेका दलहरूलाई पौडेलको आग्रह थियो, 'यो गठबन्धन परिवर्तनका लागि हो, परिवर्तनलाई बचाउनका लागि हो । यो परिवर्तनलाई जोगाउनका लागि हो । गठबन्धनका सदस्यहरूले आ-आफ्नो हैसियत, दायित्व बुझेर स्थानीय निर्वाचित र आउँदा चुनाव पनि सफल पार्नका लागि एकताबद्ध भएर जानुपर्छ । आफ्नो, आफ्नो कर्तव्य दायित्व बुझेर जानुपर्छ ।'

प्रकाशित : वैशाख ६, २०७९ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?