रुकुम पूर्वमा गठबन्धन हुने सम्भावना क्षीण

वैशाख ४, २०७९

हरि गौतम

रुकुम पूर्व — रुकुम पूर्वमा सत्ता गठबन्धनका दलहरुले आ-आफ्नो दाबी कायमै राखेपछि जिल्ला स्तरमा गठबन्धन गर्ने प्रयास सफल लगभग क्षीण भएको छ । दलहरुले दाबी कायमै राखेपछि जिल्लास्तरबाट सबै पालिकामा गर्न खोजिएको गठबन्धन प्रयास हुन सकेको छैन । सत्ता गठबन्धनमा रहेका दलका बीचमा पटक पटक गठबन्धन गर्ने विषयमा छलफल भएको थियो ।

छलफलले कुनै निष्कर्ष ननिकालेपछि गठबन्धन हुन नसक्ने भएको हो । तर स्वःत स्फूर्त रुपमा पालिकामा गठबन्धन गर्न चाहेमा उनीहरुले नै निर्णय गर्ने अधिकार भने दलहरुले दिएका छन् । वडामा मात्रै वा कुनै एक पालिकामा गठबन्धन हुन सकेको खण्डमा त्यतिमा मात्रै भए पनि गठबन्धन गर्ने कुरामा सबै दल सहमत भएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य उपेन्द्रलाल कामीले बताए ।

जिल्लामा तीन गाउँपालिका छन् । २०७४ को निर्वाचनमा तीन वटै पालिकाका अध्यक्ष, उपाध्यक्ष माओवादी केन्द्रले जितेको छ । ३१ वडा रहेको जिल्लामा माओवादी केन्द्रले २४ वडामा जित्दा एमालेले ४ र कांग्रेसले ३ वडामा जितेको छ ।

स्थानीय तह निर्वाचन २०७९

हरि

Link copied successfully