मकालु र भोटखोलामा टेलिफोन सेवा अवरूद्ध

आश्विन १२, २०८१

दीपेन्द्र शाक्य

Telephone service interrupted in Makalu and Bhotkhola

संखुवासभा — मकालु र भाेटखाेला गाउँपालिकामा-२ दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बर्खे डाँडामा विद्युत् अवरूद्द भएपछि मकालु र भाेटखाेलामा बिहीबारबाट टेलिफोन सेवा अवरुद्ध भएको हो ।

विपतकाे समयमा नेटवर्क नहुँदा सूचना आदानप्रदान गर्न असहज भएको स्थानीयहरु बताउँछन् । भौगोलिक रुपमा दुर्गम मकालु र भाेटखाेलामा निरन्तरको वर्षाको कारण घाम नलागेपछि नजिकैका टेलिकमका टावरले काम गर्न छाडेको छ । मकालुसहित भोटखोला गाउँपालिकामासमेत विद्युत् र सञ्चार दुवै सेवा ठप्प छ ।

बाढी पहिरो

दीपेन्द्र

Link copied successfully