एमाले भोजपुरमा शरणकुमार राई

पुस २६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले) जिल्ला कमिटी भोजपुरको सर्वसम्मत् नेतृत्व चयन भएको छ । एमालेले शरणकुमार राईको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा मक्कर खड्का, सचिवमा किरण राई,उपसचिवमा ध्यानबहादुर राउत र धर्म किराँती  सर्वसम्मत चयन भएका छन् । 

एमालेको आठौं जिल्ला अधिवेशनबाट पाँच पदाधिकारीसहित ९० सदस्य जिल्ला कमिटी चयन भएको हो ।

जिल्ला अध्यक्षमा शरणकुमार राई र मक्कर खड्काको दाबेदारी रहेको थियो । दुई जनाबीच सहमति गराउन शुक्रबारबाट सुरु भएको अधिवेशन आइतबारसम्म लम्बिएको थियो ।

एमाले महाधिवेशन

कान्तिपुर

Link copied successfully