खोटाङमा कोरोनबाट थप ३ जनाको मृत्यु

जेष्ठ १८, २०७८

डम्बरसिं राई

खोटाङ — जिल्लामा कोरोनाले थप तीन जनाको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ६० वर्षीय पुरुष, केपिलासगढी गाउँपालिका–४ का ८२ वर्षीय पुरुष र खोटेहाङ गाउँपालिका–८ का ६५ वर्षीय पुरुषको ज्यान गएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलका अनुसार मंगलबार तीन जना र यसअघि तीन गरी जिल्लामा छ जनाको कोरोनाले मृत्यु भएको हो । जिल्लामा आठ सय ५८ कोरोना संक्रमित मध्ये छ सय १८ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये २२ जना विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचाररत छन् भने पाँच सय ८६ जना होमआइसोलसनमा रहेको प्रमुख सिग्देलले बताए । 

कोरोना भाइरस

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully