संखुवासभा — जिल्ला अस्पताल खाँदबारीमा कार्यरत ३ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ ।
अस्पतालले आकस्मिक र प्रसूति सेवा बाहेकका सबै सेवा बन्द गरेको अस्पतालले जनाएको छ ।
आइतबार स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्दा कोभिड-१९ पोजिटिभ देखिएपछि अस्पताल प्रशासन र व्यवस्थापन समितिका पदाधिकारी बैठक बसेर अस्पताल सिल गर्ने निर्णय गरेको हो ।
स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गरिएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. शुन्दर श्याम झाले बताए । उनीहरुको नतिजा नआएसम्म अस्पतालका सेवा बन्द गरिएको उनले जनाए ।
