झापामा क्वारेन्टाइनमा १०४ जना, होम क्वारेन्टाइनमा ८०५

होम क्वारेन्टाइनमै आनन्द

चैत्र १९, २०७६

अर्जुन राजवंशी

बिर्तामोड — कोरोनाको संत्राससँगै घर फिरेका झापालीहरू स्थानीय तह र स्वास्थ्य संस्थाहरू क्वारेन्टाइनमाभन्दा घरमै धेरै बसेका छन् । होम क्वारेन्टाइनमा बस्नेको संख्या जिल्लामा सात गुणा बढी छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार मंगलबारसम्म जिल्लाका क्वारेन्टाइनमा बस्नेको संख्या १०४ छ भने होम क्वारेन्टाइनमा बस्ने ८ सय ५ जना छन् ।

जिल्लामा १५ स्थानीय तहमा गरी सय ३६ बेडको क्वारेन्टाइन निर्माण गरिएका छन् तिनमा दुई महिला १ सय २ पुरुष बसेका छन् सबैभन्दा बढी मेचीनगर नगरपालिकामा ३५ जना क्वारेन्टाइनमा बसेका छन् भद्रपुरमा १८, झापा गाउँपालिकामा १३, अर्जुनधारामा , कनकाइमा , बिर्तामोड शिवसताक्षीमा /, बाह्रदसीमा , दमकमा महिला पुरुष, कचनकवलमा हल्दिबारीमा एक जना क्वारेन्टाइनमा बसेका छन्

मेचीनगर नगरपालिकामा २ सय ११ पुरुष ५१ महिलासहित सय ६२ जना होम क्वारेन्टाइनमा छन् अर्जुनधारामा १३ महिला ७४ पुरुषसहित ८७ जना, बिर्तामोडमा ११ महिला ४३ पुरुषसहित ५४ जना, दमकमा १५ महिला ३० पुरुषसहित ४५ जना, भद्रपुरमा महिला १८ पुरुषसहित २३ जना, गौरादहमा १० महिला १७ पुरुषसहित २७ जना, कनकाईमा महिला पुरुषसहित ११ जना शिवसताक्षीमा महिला पुरुषसहित जना होम क्वारेन्टाइनमा छन्

बुद्धशान्ति गाउँपालिकामा १६ महिला ७६ पुरुषसहित ९२ जना, हल्दिबारीमा महिला ५५ पुरुषसहित ६० जना, कमलमा १५ महिला २४ पुरुषसहित ३९ जना, झापामा १३ पुरुष २० पुरुषसहित ३३ जना, बाह्रदसीमा महिला २१ पुरुषसहित ३० जना, कचनकवलमा महिला १४ पुरुषसहित २२ जना गौरीगन्जमा महिला १० पुरुषसहित ११ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला विपद व्यवस्थापन समिति सहायता कक्षका सचिव जीवन चम्लागाईले बताए । 

'होम क्वारेन्टाइन एकदम सुरक्षित हो,' उनी भन्छन्, 'घरकै एउटा कोठामा सुरक्षितसँग बस्न सकिन्छ घरमै बसेको खण्डमा आफूमा संक्रमण छैन भने अन्यत्रबाट सर्ने डर हुँदैन ' घरमा छुट्टै बस्नलाई बेग्लै कोठा नहुँदा, साना बालबालिकाले छुने सम्भावना हुनेलाई मात्र क्वारेन्टाइनमा राख्ने गरेको उनले बताए होम क्वारेन्टाइनमा बसेकाहरुको सम्बन्धित पालिकाका स्वास्थ्यकर्मीले दैनिक स्वास्थ्य जाँच लिने काम भइरहेको उनको भनाइ

जिल्लामा २७ शय्याको आइसोलेसन वार्ड तयार गरिएको मेची अञ्चल अस्पतालमा रहेको आइसोलेसनमा अहिलेसम्म जना भर्ना भएका छन् उनीहरुमध्ये दुइ जनामा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको तीन जनाको थ्रोट स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाएको चम्लागाईले बताए  

अर्जुन

Link copied successfully