पहिरोले अवरूद्व कर्णाली राजमार्ग खुल्यो

असार १४, २०८१

तृप्ति शाही

Avarood Karnali highway opened due to landslides

वीरेन्द्रनगर — पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।बिहीबार रातिदेखि अवरुद्ध बनेको कर्णाली राजमार्गको दैलेख र कालीकोट खण्डको पहिरो पन्छाएपछि राजमार्गमा सवारीसाधन आवतजावत हुन थालेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले बताए ।

वर्षाले कर्णाली राजमार्गको दैलेख र कालीकोट खण्डका विभिन्न ठाउँमा पहिरो गएको थियो ।कालिकोट र दैलेखको सिमानास्थित कालेखोला र दहीखोला बीचमा पहिरो गएको थियो ।सुरक्षाकर्मी र मेसिनले पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको हो ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully