मुगु कांग्रेसको तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन  

आश्विन १०, २०७८

राजबहादुर शाही

मुगु — जिल्लाको तीन गाउँपालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन भएको छ । १४ औं महाधिवेशन अन्तर्गत भएको पालिका अधिवेशनमा सोरु,खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । 

सोरुमा कुवेरजंग शाही, खत्याडमा लोकराज दाहाल र मुगुम कार्मारोङम गारा तामाङ निर्विरोध सभापति पदमा चयन भएको कांग्रेसका जिल्ला नेता ऐनबहादुर शाहीले बताए । 

जिल्लाको एकमात्र छायानाथ रारा नगरपालिकामा भने पदाधिकारीहरुका लागि मतदान भइरहेको छ । ४७ सदस्य भने निर्विरोध चयन भएको शाहीले जानकारी दिए । सभापति, उपसभापति, सचिव, सहसचिव गरी सात पदाधिकारीको मतदान हुने मुगु कांग्रेसले जनाएको छ । 

कांग्रेस महाधिवेशन

राजबहादुर

Link copied successfully