सल्यानमा थप दुई कोरोना संक्रमितको मृत्यु

जेष्ठ ३, २०७८

विप्लव महर्जन

सल्यान — कोरोना संक्रमणबाट सल्यानमा सोमबार दुई जनाको पुरुषको मृत्यु भएको छ । दुवैको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा शारदा नगरपालिका १३ का ४५ वर्षीय पुरुष र बन्गाड कुपिण्डे नगरपालिका ९ जयतपानीका ५९ वर्षीय पुरुष रहेको जिल्ला अस्पताल सल्यानका क्लिनिकल इन्चार्ज भीमकान्त जैसीले बताए । उनका अनुसार रुघाखोकी र ज्वरोबाट ग्रसित रहेका दुवै जनाको जिल्ला अस्पतालमा वैशाख १ गते कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यहि दिनदेखि दुवैले जिल्ला अस्पताल सल्यानमा उपचार गराइरहेका थिए ।

सोमबार दुई पुरुषको मृत्यु भएपछि जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको स्वास्थ्य कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए । जिल्लाभित्र २५ र बाहिर चारको मृत्यु भएको उनले जानकारी गराए । 

उनका अनुसार जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ९ सय ५५ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित ५ सय ७१ र ५ सय ३४ होम आइसोलेसनमा छन् । 

कोरोना खोपकोरोना भाइरस

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully