कर्णालीका प्रदेश सांसद श्रेष्ठलाई कोरोना संक्रमण

भाद्र २१, २०७७

एलपी देवकोटा

जुम्ला — कर्णाली प्रदेश सभाका सदस्य दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा  प्रदेश लेखा समितिका अध्यक्ष समेत रहेका सांसद श्रेष्ठलाई कोरभिड-१९ पोजिटिभ देखिएको हो ।

उनी दुई साता देखि जुम्ला खलंगा बजारमै रहेका थिए । प्रदेश लेखा समितिका अध्यक्ष जिल्ला आएको बेला नेता तथा कार्यकर्ताहरु आफ्ना समस्या र गुनासाहरु राख्न दैनिक जसो भेट्न आउने गरेका थिए । गुनासो सुनाउन र भेटघाट गर्न धेरै आउन थालेपछि उनले पीसीआर परीक्षण गरेका थिए । 

अहिले आफू होम आइसोलेनसमा रहेको र कुनै लक्षण नदेखिएको सांसद श्रेष्ठले बताए । आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गराउन समेत उनले अनुरोध गरेका छन् ।

कोरोना भाइरस

एलपी

Link copied successfully