१ सय ६५ विपन्न परिवारलाई खाद्यान्न

चैत्र १८, २०७६

विप्लव मर्हजन

सल्यान — लकडाउनका कारण विपन्न परिवार समस्यामा परेपछि खाद्यान्न वितरण गरिएको छ । दार्मा गाउँपालिकाका विभिन्न गाउँमा बसोबास गर्ने १ सय ६५ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

उनीहरुलाई दार्मा गाउँपालिकाका–५ का समाजसेवी विशाल सिंहले ३ लाख रुपैयाँको खाद्यान्न सहयोग गरेका हुन् । लकडाउनका कारण मजदुरी गर्दै आएका परिवारलाई जीविकोपार्जनमा समस्या भएपछि स्वर्गीय हजुरबुबा भेदबहादुरको सम्झनामा खाद्यान्न वितरण गरिएको सिंहले बताए ।


उनका अनुसार दार्मा–५,जलेखर्क, पोखरापुल, ढाकाडाम, सिमलनेटा र पातिहाल्नाका १ सय ६५ विपन्न परिवारले २५ किलोको दरले चामल, एक किलो नुन, एक लिटर तेल र साबुन पाएका छन् । उनीहरुलाई तीन सय ५० थान मास्कसमेत वितरण गरिएको छ ।

विप्लव

Link copied successfully