कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा ३७१ कोरोना संक्रमित थपिए, ४२५ निको

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ६०६ जनाको पीसीआर नमूना परीक्षण गर्दा ३ सय ७१ जनामा कोरोना पोजिटिभ देखिएको हो।

२४ घण्टामा ३७१ कोरोना संक्रमित थपिए, ४२५ निको

तीमध्ये २ हजार ४ सय २० जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएकोमा १९ जना संक्रमित देखिएका हुन् । यस्तै, पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । साथै ४ सय २५ जनाले कोरोना भाइरसलाई जितेका छन् ।

प्रकाशित : कार्तिक २२, २०७८ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?