पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

श्रावण २८, २०८०

सम्झना रसाइली

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ स्थित बेलभन्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

आइतबार करिब साढे १२ बजे सडकमाथीबाट पहिरो खस्दा सवारी साधनको दुईतर्फी आगमन बन्द भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ  । उक्त पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बाढीपहिरो

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully