तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा सडक भासिँदा एकतर्फी मात्रै सडक सञ्चालन भएको छ । उक्त स्थानमा मंगलबार करिब साढे ११ बजे सडक भासिँदा सडक अवरुद्ध भएको हो ।
सडक भासिँदा साना सवारी साधन र एम्बुलेन्स एकतर्फी मात्रै सञ्चालन गरिएको जिल्लाका प्रहरीले जनाएको छ ।
मुग्लिङ-पोखरा सडक बिस्तारको क्रममा सडकको दुवैतर्फ खनिएको स्थानमा खाल्डो परेको र अविरल वर्षाका कारण सडक भासिएको प्रहरीले जनाएको छ ।
