पूर्वी नवलपरासीका ४५ उम्मेदवारले बुझाए खर्च विवरण

मंसिर २१, २०७९

नारायण शर्मा

पूर्वी नवलपरासी — मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेकामध्ये ४५ जनाले निर्वाचनमा आफूले गरेको खर्चको विवरण बुझाएका छन् । 

पूर्वी नवलपरासीमा प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनेका ६८ जनामध्ये मंगलबारसम्म ४५ उम्मेदवारले खर्चको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

उम्मेदवार बनेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र , एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टी, जनमुक्ति पार्टी र अन्य केहि स्वतन्त्र उम्मेदवारले निर्वाचन कार्यालयमा निर्वाचनको खर्च विवरण बुझाएको कार्यालय प्रमुख लालप्रसाद भुसालले जानकारी दिए ।

चुनावको मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र उम्मेदवारले गरेको खर्चको विवरण बुझाउनुपर्ने निर्वाचन ऐनमा व्यवस्था छ । 

आमनिर्वाचन २०७९

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully