कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेस प्रदेश : समानुपातिकमा १० दल, प्रदेशसभामा एमाले पहिलो

काठमाडौँ — मधेस प्रदेशमा समानुपातिकतर्फ १० वटा राजनीतिक दलले प्रतिनिधित्व हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल संघीय समाजवादी पार्टी प्रतिनिधित्व हुने छ । 

मधेस प्रदेश : समानुपातिकमा १० दल, प्रदेशसभामा एमाले पहिलो

१ सय ७ सदस्यीय प्रदेशसभामा एमालेले २३ सिट जितेको छ । प्रत्यक्षमा १५ सिट जितेको सो दलले समानुपातिकमा ८ स्थान प्राप्त गरेको छ ।

समानुपातिकमा भने कांग्रेस पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ १३ सिट जितेको कांग्रेसले समानुपातिकमा ९ सिट प्राप्त गरेको छ । कांग्रेस २२ सिटका साथ दोस्रो स्थानमा रहेको छ । प्रत्यक्षतर्फ ९ स्थानमा जितेको जसपाको समानुपातिकतर्फ ७ स्थान रहेको छ ।

त्यसैगरी ७ स्थान जितेको लोसपाले समानुपातिकतर्फ २ स्थान प्राप्त गरेको छ । सो दलको ९ स्थान पुगेको छ । जनमत पार्टीले प्रदेशसभामा १३ स्थान हासिल गरेको छ । प्रत्यक्षमा ६ र समानुपातिकमा ७ स्थानमा प्राप्त गरेको छ ।

प्रत्यक्षमा ४/४ सिट जितेको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले क्रमश: ४ र ३ स्थान प्राप्त गरेका छन् । प्रत्यक्षमा एक स्थान पनि जित्न नसकेको नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ १/१ स्थानमा पाएका छन् । सो प्रदेशमा ६ स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर २०, २०७९ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?