कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

गण्डकीमा २७ सिटसहित कांग्रेस पहिलो दल, सत्तारुढ गठबन्धनलाई सहज बहुमत

काठमाडौँ — गण्डकी प्रदेशसभामा २७ सिटसहित कांग्रेस पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ १८ सिट प्राप्त गरेको कांग्रेसले समानुपातिकतर्फ ९ सिट प्राप्त गरेको हो । प्रत्यक्षतर्फ १२ सिट प्राप्त गरेको एमालेले समानुपातिकतर्फ १० सिट प्राप्त गरेको छ । २२ सिटसहित गण्डकी प्रदेशसभामा एमाले दोस्रो दल बनेको छ । 

गण्डकीमा २७ सिटसहित कांग्रेस पहिलो दल, सत्तारुढ गठबन्धनलाई सहज बहुमत

त्यस्तै माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट प्राप्त गरेको छ । गण्डकीमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि हँसिया हथौडा चुनाव चिह्नमा १ सिट जितेको छ । गोरखा २(१) मा नेसपाका फणीन्द्र देवकोटा विजयी भएका थिए । उनी पनि माओवादीकै सांसद मानिने हुँदा गण्डकीमा माओवादीको ८ सिट हुने भएको छ । त्यस्तै गण्डकीमा राप्रपाले पनि समानुपातिकतर्फ २ सिट प्राप्त गरेको छ । गण्डकीमा मनाङ प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका राजीव गुरुङ नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरिसकेका छन् ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ २४ सांसद निर्वाचित हुन्छन् । गण्डकीमा सरकार बनाउन आवश्यक बहुमत संख्या ३१ हो । जसमा कांग्रेस एक्लैलाई सरकार बनाउन ४ सिट मात्र कम हुन्छ । त्यसमा सत्तारुढ गठबन्धनभित्रका माओवादीको ८ र नेकपा एसको १ सिट थपिएमा सहज रूपमा सरकार बन्ने देखिन्छ ।

अहिलेकै गठबन्धनले निरन्तरता पाए उनीहरूको पक्षमा ३६ सांसदको समर्थन जुट्नेछ । २२ सिट रहेको एमालेलाई भने राप्रपा र माओवादीको समर्थनमा मात्र सरकार बन्ने अवस्था सिर्जना भएको छ ।

समानुपातिक प्रणालीमा थ्रेसहोल्ड कटाउनका लागि प्रतिनिधिसभामा कुल सदर मतको ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत प्राप्त गर्नुपर्नेछ ।

प्रकाशित : मंसिर २०, २०७९ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?