२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

वाग्मती प्रदेश : सत्तारुढ गठबन्धनलाई बहुमत

काठमाडौँ — वाग्मती प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । १ सय १० सदस्यीय प्रदेशसभामा कांग्रेसले ३७ स्थान प्राप्त गरेको छ । कांग्रेसले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ सिट हात पारेको छ ।

वाग्मती प्रदेश : सत्तारुढ गठबन्धनलाई बहुमत

प्रत्यक्षतर्फ १३ स्थानमा जितेको एमालेले समानुपातिकतर्फ १४ सिट प्राप्त गरेको छ । सो दलको २७ स्थानमा भएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्र २१ सिट प्राप्त गरेको छ । प्रत्यक्षमा १४ स्थानमा जित हात पारेको माओवादीले समानुपातिकमा ७ सिट प्राप्त गरेको हो । चौथो स्थानमा राप्रपा रहेको छ । सो दल प्रत्यक्षमा ७ र समानुपातिकमा ६ गरी १३ स्थान जितेको छ ।

त्यसै प्रत्यक्षमा ५ सिट र समानुपातिकमा २ स्थान प्राप्त गरेको नेकपा एकीकृत समाजवादीले पाँचौं स्थानमा प्राप्त गरेको छ । त्यसैगरी प्रत्यक्षमा एक स्थान जितेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले समानुपातिकतर्फ २ स्थान गरी कुल ३ सिट प्राप्त गरेको छ ।

प्रत्यक्षमा १ र समानुपातिकमा १ गरी हाम्रो नेपाल पार्टीले २ स्थान जितेको छ । १ सय १० सदस्यीय वाग्मती प्रदेशसभामा प्रत्यक्षतर्फ ६६ र समानुपातितर्फ ४४ सांसद निर्वाचित हुन्छन् ।

सत्तारुढ गठबन्धनले निरन्तरता पाए वाग्मतीमा सहज रूपमा बहुमत जुट्ने छ । सरकार बनाउन ५६ सांसदको समर्थन चाहिनेमा सत्तारुढ गठबन्धनमा ६५ सांसद रहेका छन् ।

प्रकाशित : मंसिर २०, २०७९ २२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?