स्याङ्जा कांग्रेसको सभापतिमा राजु थापा निर्वाचित

मंसिर ११, २०७८

प्रतीक्षा काफ्ले

कास्की — कांग्रेस स्याङजा जिल्ला कार्यसमितिको सभापतिमा राजु थापा निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न भएको मतगणनामा थापा निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी भागवतप्रकाश मल्ललाई ३२ मतले पछाडि पारेका थापाले १ हजार १ सय १७ मत ल्याएका छन् । मल्लले १ हजार ८५ मत ल्याएका छन् ।

शुक्रबार भएको मतदानमा दुई हजार दुई सय १८ मत खसेको थियो । स्याङ्जामा २ हजार २ सय ५७ मतदाता रहेका थिए । थापा संविधान सभा सदस्य हुन् भने मल्ल स्याङ्जा–२ को ‘ख’ बाट प्रदेश सभामा निर्वाचित सांसद हुन । मल्ल गण्डकी प्रदेशका कांग्रेस संसदीय दलका सचेत समेत रहेका छन् । जिल्लामा कोइराला भनिए पनि केन्द्रमा उनलाई देउवा लाइन भनेर चिनिन्छ । मल्ल देउवा लाइनबाटै उम्मेदवार बनेका हुन् । मल्ललाई जिल्लामा गोपालमानको लाइन भनेर चिनिन्छ । प्यानलसहित चुनावी मैदानमा उत्रिएका दुवैजना बीच कडा प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै उपसभापति, सचिव र सहसचिवमा दुवै पक्षका एक/एक जना निर्वाचित भएका छन् । थापा पक्षका केदार काफ्ले १ हजार ३ सय ७० मत र मल्ल पक्षका शेरबहादुर थापा ८ सय ९३ मत ल्याई बिजयी भएका छन् । त्यस्तै सचिवमा थापा पक्षका गुरुप्रसाद भट्टराई १ हजार २ सय ९२ र मल्ल पक्षका दामोदर लम्साल ९ सय ३४ मतसहित विजयी भएका छन् ।

त्यस्तै सहसचिवमा ध्रुवबन्धु पौडेल १ हजार १ सय ५८ मत र पृथ्वीप्रसाद पोख्रेल ९ सय ३९ मत ल्याई निर्वाचित भएका छन् ।

कांग्रेस महाधिवेशन

प्रतीक्षा

Link copied successfully