पहिरोले स्याङ्जा सडक खण्ड अवरुद्ध

असार २४, २०७८

प्रतीक्षा काफ्ले

कास्की — सिदार्थ राजमार्गको स्याङ्जा सडक खण्ड अन्तर्गत पुतलीबजार नगरपालिका–४ गौतमडाँडास्थित पहिरो गएको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले सिदार्थ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

सबा २ बजेबाट आएको उक्त पहिरोले सवारी साधन ओहोरदोहोर ठप्प भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाउनको लागि पुतलीबजार नगरपालिकाले डोजर पठाइसकेको छ । सडक विभाग पोखरासँग पनि समन्वय गरी डोजर माग गरिएको उनले बताए ।

पहिरो सडकभन्दा करिब १०० मिटर माथिबाट खसेको थियो ।

बाढी-पहिरो

प्रतीक्षा

Link copied successfully