म्याग्दे खोलाले बगाउँदा एक जना बेपत्ता

असार २४, २०७८

सम्झना रसाइली

तनहुँ — म्याग्दे गाउँपालिकास्थित म्याग्दे खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

म्याग्दे–४ घुम्तीस्थित खोलाको पुल तर्ने क्रममा खोलामा पानीको बहाव बढी भएर पुलमाथिबाट आएको बाढीले म्याग्दे–७ का अन्दाजी ४५ वर्षीय मैतबहादुर नेपालीलाई बगाएको तनहुँ प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । 

खोलाले बगाइ बेपत्ता भएका नेपालीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बाढी-पहिरो

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully