कास्की — अविरल वर्षाका सिदार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको फेदीखोला गाउँपालिका–१मा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
कास्की र स्याङ्जाको सीमाना नजिकै सडक माथीबाट आएको पहिरोले मंगलबार अपरान्ह ४ बजेदेखि सडक अवरोध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सडक डिभिजन र सम्बन्धित निकायसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको छ ।
