पोखरामा होम आइसोलेसनमा बसेका ८१ वर्षीय कारोना संक्रमितको मृत्यु

कार्तिक १४, २०७७

कान्तिपुर संवाददाता

पोखरा — पोखरामा होम आइसोलेसनमा बसेका ८१ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।

कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषको शुक्रबार बिहान घरमै मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।

यसअघि शुक्रबार बिहान नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जाका ७० वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully