पूर्वी नवलपरासीमा थपिए २७ जना कोरोना संक्रमित

भाद्र १९, २०७७

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीमा शुक्रबार एकै दिन २७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार गैंडाकोट १६ जना, कावासोती १० जना र देवचुली एक जनालाई कोरोना संक्रमण देखिएको छ । २७ जना मध्ये १० जना महिला र अरु पुरुषमा कोरोना संक्रमण भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार गैंडाकोट नगरपालिकाका ५ महिला र ११ पुरुषमा कोरोना संक्रमण देखिएको हो । गैडाकोट नगरपालिकामा भदौ १५ गते लिइएको १ सय ३० जनाको स्वाबमध्ये १६ जनामा शुक्रबार संक्रमण पुष्टि भएको हो । 

पूर्वी नवलपरासीमा आजसम्म ५ सय ३० जनामा कोरोना संक्रमण भइसकेको छ । तीमध्ये ३ सय ६६ जना निको भएर घर गइसकेका छन् भने २ जना पुरुषको मृत्यु भएको छ । १ सय ६२ जना रजहरस्थित प्राकृतिक चिकित्सालय र डण्डा स्थितजिल्ला अस्पतालमा उपचारका क्रममा रहेका छन्  । 

कोरोना भाइरस

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully