स्याङ्जामा एकैदिन ३४ जना कोरोनामुक्त भएर घर फर्किए

असार १३, २०७७

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङ्जामा एकैदिन ३४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसन सेन्टरमा रहेका ३४ जना संक्रमितको दोस्रो चरणको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

अस्पतालमा रहेका ४१ जनाको नै स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये ३४ जनाको नतिजा नेगेटिभ आ एपनि ७ जनाको भने दोस्रो चरणमा पनि पोजिटिभ देखिएको प्रमुख शर्माले बताए ।

शनिबार कोरोनामुक्त भएर घर फर्किनेमा गल्याङ नगरपालिकाका १६ जना, वालिङ नगरपालिका १०, आँधीखोला गाउँपालिकाका ४, अर्जुनचौपारी गाउँपालिकाका ३, र भीरकोट नपाका १ जना रहेका छन् । योसँगै स्याङ्जामा कोरोनामुक्त हुनेको संख्या ५६ पुगेको छ । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १ सय ५९ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस

प्रतीक्षा

Link copied successfully