गण्डकी प्रदेशमा थप २० जनामा कोरोना, संक्रमितको संख्या ५४० पुग्यो

असार ८, २०७७

कान्तिपुर संवाददाता

पोखरा — गण्डकी प्रदेशमा सोमबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रदेश स्वास्थ्य निर्देशनालयले स्याङजाका १२ र पूर्वी नवलपरासीका ८ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमार्फत जनाएको छ  । योसँगै प्रदेशभरि कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ ।

नयाँ संक्रमित सबैजना भारतबाट फर्किएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुलाई आइसोलेसन कक्षमा उपचारका लागि लैजाने तयारी गरिएको छ । प्रदेशका सबै ११ जिल्लामा कोरोना संक्रमण फैलिएको हो ।

लमजुङका एक तीन वर्षीय बालक भने काठमाण्डौ बस्दै आएका बेला कोरोना संक्रमित भएका र उनी अहिले निको भइसकेका छन । प्रदेशभरि निको हुनेको संख्या ५५ पुगेका छन । स्याङ्जाका एक जनाको मृत्यु भएको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully