समानुपातिकतर्फ एक करोड चार लाख मत गनियो, कुन दलको कति ?- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समानुपातिकतर्फ एक करोड चार लाख मत गनियो, कुन दलको कति ?

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड चार लाख २० हजार १ सय २५ मतगणना भएको छ । 

हालसम्मको विवरणअनुसार नेकपा (एमाले)ले २७ लाख ८८ हजार ३ सय ५६, नेपाली कांग्रेसले २६ लाख ६० हजार २ सय ४६, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार १ सय २४ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५ सय ४३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६ सय ३८सय, जनता समाजवादी पार्टीले चार लाख २० हजार नौ सय ४६, जनमत पार्टीले तीन लाख ९४ हजार पाँच सय २३ मत प्राप्त गरेको छ । कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रबन्ध छ ।

नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९४ हजार तीन सय ६२, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार छ सय ६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार दुई सय ८१, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५७, हाम्रो नेपाली पार्टीले ५५ हजार छ सय १८, मंगोल नेशनल अर्गनाइजेशनले ४८ हजार ८ सय १८ र राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ८२ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार प्रदेश नं १ मा १८ लाख ९९ हजार एक सय ४४ मतगणना भएको छ । एमालेले छ लाख ६५ हजार चार सय ६० मत प्राप्त गरेको छ । कांग्रेसले पाँच लाख ६२ हजार नौ सय ५६, राप्रपाले एक लाख ९८ हजार पाँच सय ११, माओवादीले एक लाख ८१ हजार दुई सय ४५, जनता समाजवादी पार्टीले ६१ हजार सात सय २३ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)ले ५५ हजार नौ सय ५७ मत प्राप्त गरेको छ ।

मधेस प्रदेशमा २० लाख ८६ हजार दुई सय ९८ मत गणना भएको छ । कांग्रेसले चार लाख एक सय ४४, एमालेले तीन लाख ५१ हजार सात सय ६८, जनमत पार्टीले तीन लाख २९ हजार एक सय ७७, जनता समाजवादी पार्टीले दुई लाख ९८ हजार सात सय ७४, माओवादीले एक लाख ८० हजार आठ सय ६० र नेकपा (एकीकृत समाजवादी)ले एक लाख १३ हजार नौ सय १५ मत प्राप्त गरेको छ ।

वाग्मती प्रदेशमा १८ लाख ५७ हजार नौ सय ६६ मतगणना भएको छ । सो प्रदेशमा एमालेले पाँच लाख ६२ हजार छ सय ७५, कांग्रेसले चार लाख ७१ हजार नौ सय ६१, राप्रपाले दुई लाख ७२ हजार ८९, माओवादीले दुई लाख ७० हजार तीन सय ७२, नपाल मजदुर किसान पार्टीले ६८ हजार छ सय ५४ र नेकपा (एकीकृत समाजवादी)ले ६४ हजार एक सय आठ मत प्राप्त गरेको छ ।

गण्डकी प्रदेशमा नौ लाख ८४ हजार पाँच सय ३९ मत गणना भएको छ । त्यसमा एमालेले तीन लाख ६७ हजार तीन सय ६१, कांग्रेसले तीन लाख ४९ हजार दुई सय १५, माओवादीले एक लाख १६ हजार आठ सय ५१, राप्रपाले ५९ हजार चार सय ४३, हाम्रो नेपाली पार्टीले १८ हजार सात सय ३२ मत प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मत गणना भएको छ । त्यसमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादीले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२, नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१, जनमत पार्टीले ८१ हजार छ सय पाँच, जनता समाजवादी पार्टीले ६० हजार आठ सय ८६ मत प्राप्त गरेको छ ।

कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार आठ सय २९ मत गणना भएको छ । त्यसमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, काँग्रेसले एक लाख ७० हजार सात सय ५६, माओवादीले एक लाख ३७ हजार छ सय २९, नेकपा(एकीकृत समाजवादी)ले ३५ हजार आठ सय २६, राप्रपाले २५ हजार एक सय ८६, नेपाल मजदुर किसान पार्टीले आठ हजार नौ सय ९३ मत प्राप्त गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा आठ लाख ३५ हजार आठ सय ९४ मत गणना भएको छ । त्यसमा एमालेले दुई लाख ४८ हजार आठ सय ४०, काँग्रेसले दुई लाख ४३ हजार ३९, माओवादीले एक लाख १८ हजार नौ सय तीन, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार पाँच सय ५४, राप्रपाले ४३ हजार आठ सय आठ र नेकपा(एकीकृत समाजवादी)ले ४१ हजार आठ सय ३९ मत प्राप्त गरेको छ ।

देशभरका अन्य स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ । दोलखा, बाजुरा र स्याङ्जाको मतगणना भने जारी रहेको आयोगले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७९ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटमा ४७ उम्मेदवारको जमानत जफत

कृष्ण थापा

नुवाकोट — प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी १२ वटा दलका उम्मेदवार तथा ११ स्वतन्त्र उम्मेदवारले जमानत जोगाउन सकेनन् ।

नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा १४ दलका र ३ स्वतन्त्र उम्मेदवार निर्वाचनमा सहभागी भएकोमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अरु दल र स्वतन्त्रले आफ्नो धरौटी जोगाउन नसकेका हुन् ।

जमानत जफत हुनेमा राप्रपा, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, संघीय लोकतान्त्रिक मंच, हाम्रो नेपाली पार्टी, राप्रपा नेपाल, जनसमाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस बीपी, र ३ स्वतन्त्र छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा ११ उम्मेदवार सहभागी भएकामा राप्रपा, नेमकिपा, मंगोल नेसनल अर्गनाइजेसन, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनसमाजवादी पार्टी नेपालका र ३ स्वतन्त्र गरी ८ जनाको जमानत जफत भएको छ ।

त्यसैगरी प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (१) मा ७ जना उम्मेदवार भाग लिएका थिए । त्यसमा राप्रपा, नेमकिपा, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र मंगोल नेसनल अर्गनाइजेसनका गरी ५ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (२) मा ९ जना उम्मेदवार भाग लिएका थिए । यहाँ राप्रपाका विमल थापाले भने आफ्नो जमानत जोगाउन सफल भएका छन् ।

हाम्रो नेपाली पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल, नेस्लिसट पिपल्स पार्टी गरी ६ जनाले धरौटी जोगाउन नसकेर जफत भएको छ । नुवाकोट निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (१) मा १३ जना उम्मेदवार भाग लिएका थिए । राप्रपा, नेमकिपा, मंगोल नेसनल अर्गनाइजेसन, नेपाली कांग्रेस बीपी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र ३ जना उम्मेदवार गरी १० जनाको जनमानत जफत भएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ प्रदेश सदस्य (२) मा ६ जना उम्मेदवार भाग लिएका थिए । राप्रपा, मंगोल नेसनल अर्गनाइजेसन, हाम्रो नेपाली पार्टी, एकजना स्वतन्त्रसहित ४ जनाले आफ्नो धरौटी जागाउन नसकेर जमानत जफत भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७४ को दफा १५९ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिमको निर्वाचनमा खसेको जम्मा सदरमतको दश प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारले दफा २२ बमोजिम प्रतिनिधिसभा सदस्यलाई १० हजार तथा प्रदेशसभा सदस्य उम्मेदवारलाई ५ हजार रुपैयाँ धरौती दाखिला गरेको रकमको धरौटी जफत हुनेछ ।

प्रकाशित : मंसिर १७, २०७९ २१:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×