स्याङ्जा-२ मा कांग्रेसका धनराज गुरुङको जित निश्चित

मंसिर १७, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — स्याङ्जा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको जित निश्चित भएको छ । जारी मतगणनामा ५ हजार २१७ मत गणना गर्न बाँकी हुँदा गुरुङले ५ हजार ९७५ को मतान्तरको अग्रता लिएका छन् ।

यहाँ ७० हजार १९९ मत खसेको थियो । त्यसमध्ये ६४ हजार ९५४ मतगणना भएको छ । जसमध्ये कांग्रेस उम्मेदवार गुरुङले २९ हजार ५६६ मतसहित अग्रता लिइरहेका छन् ।

नेकपा एमालेकी सचिव पद्मा अर्यालले २३ हजार ५९१ मतसहित पछ्याइरहेकी छिन् । गुरुङ र अर्यालबीचको मतान्तर ५ हजार ९७५ छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ७५६ मत ल्याएका छन् । 

अब चापाकोट नगरपालिका-८, ९ र १० को मतगणना गर्न बाँकी रहेको छ । 

कान्तिपुर

Link copied successfully