कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
माओवादीको चुनावी समीक्षा

‘संघमा अपेक्षाकृत सिट हासिल भएन’

बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले भने, 'हामीले अहिलेको गठबन्धन छोड्ने निर्णय गरेका छैनौँ । तर अन्य सबै विकल्पहरुमा छलफल गर्न खुला छौँ ।'

काठमाडौँ — नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अपेक्षाकृत सिट हासिल नभएको निष्कर्ष निकालेको छ । शनिबार बसेको पदाधिकारी बैठकले चुनावी परिणामको प्रारम्भिक समीक्षा गरेको हो । बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले प्रतिनिधिसभामा अपेक्षाकृत सिट हासिल नभएको प्रारम्भिक समीक्षा रहेको बताए ।

‘संघमा अपेक्षाकृत सिट हासिल भएन’

‘बैठकमा चुनावी परिणामको प्रारम्भिक समीक्षा गरियो, अहिले प्रतिनिधिसभामा हामीले सोचेअनुरुप परिणाम आएन भन्ने निर्क्योलमा पुगेका छौं,’ उनले भने, ‘बाँकी अब सबै परिणाम आइसकेपछि पूर्ण समीक्षा हुन्छ ।’

उनले बैठकले नयाँ सरकार गठनका लागि सबै विकल्पहरूमाथि छलफल गर्न खुला रहने निर्णय गरेको बताए । ‘अहिले जुन गठबन्धन छ, त्यो छोड्ने निर्णय होइन, तर अन्य विकल्पहरु पनि खुला छन्,’ उनले भने, ‘यो भनेको पूरानो गठबन्धन छोड्ने निर्णय भएको होइन । तर, अरु सबै अप्सनमा पनि हामी खुला छौं ।’

उनले नेकपा एमालेसहित अन्य दलहरुसँग समेत गठबन्धन हुन सक्ने बताए ।

प्रकाशित : मंसिर १७, २०७९ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?