मोहत्तरी २ मा लोसपाका भण्डारी निर्वाचित

मंसिर ९, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा सदस्यमा महोत्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २बाट मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार शरतसिंह भण्डारी विजयी भएका छन् ।

भण्डारीले २५ हजार १९० मत ल्याउँदै विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी तराई-मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरे । पराजित सिंहले ११ हजार १२० मत ल्याएका छन् ।

भण्डारी २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुँदै २०५१ मा स्वतन्त्र उम्मेदवार तथा २०५६ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

२०६४ को संविधानसभामा मधेसी जनअधिकार फोरमबाट महोत्तरी-४ बाट निर्वाचित समेत निर्वाचित भएका थिए । २०७४ को प्रतिनिधिसभा सदस्यमा उनी राजपाबाट महोत्तरी-२ बाट निर्वाचित भएका थिए ।

भण्डारी २०४५ देखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक मन्त्री भएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully