करणले गाए रक्तदान जागरण गीत

आश्विन २२, २०८१

कान्तिपुर संवाददाता

Karan sang Raktadan Jagran song

काठमाडौँ — नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा शब्द रचना गरिएको, जीवित जल्मीद्वारा संगीत दिइएको रक्तदान जागरणसम्बन्धी ‘जित्ने रहर’ गीतलाई नेपाल आइडल सिजन ५ का विजेता करण परियारले रेकर्ड गरेका छन् ।

उक्त रक्तदान जागरण गीतको रेकर्डिङ शुक्रबार स्ट्रिङ स्टुडियोमा हरिशरण मानन्धरले गरेका हुन् । सोही अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजबाट प्रकाशनमा ल्याइएको ‘हाम्रो रगत’ नामक पत्रिका सम्मान स्वरूप गायक परियार र रेकर्डिस्ट मानन्धरलाई अध्यक्ष कर्माचार्यद्वारा प्रदान गरिएको थियो ।

कान्तिपुर

Link copied successfully