सुरू हुँदै ‘दोहोरी आइकन’

श्रावण १, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’ को आयोजना हुने भएको छ । 

आयोजक एजे इन्टरटेनमेन्टले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा केही सातापछि ‘दोहोरी आइकन’ को डिजिटल र अनलाइन अडिसन सुरु हुने जनाएको हो । आयोजकका अनुसार शोको प्रसारण केही महिनापछि सुरु हुनेछ । शोमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको भूमिकामा रहनेछन् । पीएन सापकोटा र शोभा त्रिपाठीलाई होस्ट चयन गरिएको छ । 

प्रतिस्पर्धामा प्रथम हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको व्यवस्था गरिने आयोजकको भनाइ छ । पत्रकार सम्मेलनमा गायिका कोमल वली, गायक पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, कृष्ण रेउले, दीपक खड्का, समाजसेवी रमेशबाबु श्रेष्ठलगायतको उपस्थिति थियो । निर्णायकका अनुसार ‘दोहोरी आइकन’ मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइनेछ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully